16, Jul, 2024

दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु,२३ जना घाइते

Bagmati Voice
संवाददाता
५ जेष्ठ २०८०, शुक्रबार ०८:३७ | १ साल अगाडी

दाङ । दाङको देउखुरीमा शुक्रबार बिहान दुईवटा बस ठोक्किदा एक जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रोल्पा रुन्टीगढी–९ कि २४ वर्षीया शोभा परियार रहेकी छन् । दुर्घटनामा उनका दुई छोरासहित २३ जना घाइते भएका छन् ।

लमहीबाट भालुवाङतर्फ जाँदै गरेको लु २ ख ७८५ नम्बरको बस र वीरगन्जबाट दाङको तुलसीपुर आउँदै गरेको ना ५ ख ४८९८ नम्बरको बस लमही नगरपालिका–३ फल्कापुरमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता राजन कुमार गौतमले जानकारी दिए । दुर्घटना बिहान करिब पौने ७ बजेको समयमा भएको हो ।

डिएसपी गौतमका अनुसार दुर्घटनामा २३ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि लमही लगिएको छ ।

५ जेष्ठ २०८०, शुक्रबार ०८:३७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading