16, Jul, 2024

नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सबैखालका भ्रष्टाचारविरूद्ध काठमाडौंमा राप्रपाको प्रदर्शन

Bagmati Voice
संवाददाता
४ जेष्ठ २०८०, बिहीबार १४:४५ | १ साल अगाडी

काठमाडौ । काठमाडौ राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौंमा भ्रष्टाचारविरूद्ध प्रदर्शन गरेको छ।

बिहीबार काठमाडौंको बसन्तपुरमा राप्रपाले प्रदर्शन गरेको हो। प्रदर्शनको क्रममा कार्यकर्ताले नक्कली भुटानी शरणार्थी प्रकरण लगायत सबैखालका भ्रष्टाचारविरूद्ध एक हौं भन्ने नारा समेत लगाएको छ।

प्रदर्शनसँगै पार्टीले सभाको पनि आयोजना गरेको छ।

त्यसमा सहभागी हुन राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलगायत नेताहरू उपस्थित छन्। यस्तै काठमाडौं, ललितपुर, भक्तपुरका विभिन्न ठाउँमा रहेका कार्यकर्ताहरू सहभागी भएका छन्।

पछिल्लो समय प्रहरीले भुटानी शरणार्थी प्रकरणमा अनुसन्धान गरिरहेको छ। यस प्रकरणमा उच्च राजनीतिक व्यक्तिहरूको संलग्नता देखिएको छ।

जसमध्ये एमाले सांसद टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाणलगायत १५ जना पक्राउ गरेका छन्।

४ जेष्ठ २०८०, बिहीबार १४:४५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading