04, Oct, 2023

संसदमा चित्रबहादुर केसीको प्रश्न- प्रधानमन्त्रीले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता के हो?

बागमती भ्वाइस न्युजडेस्क
४ जेष्ठ २०८०, बिहीबार १४:३५ | ४ महिना अगाडी

काठमाडौ । काठमाडौ राष्ट्रिय जनमोर्चाका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले प्रतिनिधि सभाको आजको बैठकमा एउटा मात्रै प्रश्न गरे- नेपालका प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारत नै हुनुपर्ने कारण के हो?

आज प्रतिनिधि सभा बैठकमा सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रश्न गरिरहेका छन्। सांसद केसीले सोधेको प्रश्नमा प्रधानमन्त्री दाहालले पहिलो भ्रमण भारतमै गर्नुपर्ने बाध्यता नरहेको प्रष्टाएका छन्।

‘भारत भ्रमण गर्नुपर्ने नेपालमा त्यस्तो कुनै बाध्यता छैन। त्यसको जवाफ मैले पहिलो प्रधानमन्त्रीकालमा दिइसकेको छु,’ उनले भने, ‘भारत भ्रमण गर्ने प्रचलन भए पनि राजनीतिक बाध्यता छैन।’

४ जेष्ठ २०८०, बिहीबार १४:३५ मा प्रकाशित