वि.सं.२०८३ वैशाख ८ मंगलवार

गृह मन्त्रालयले गरो ५२ जिल्लामा सीडीओको सरुवा र पदस्थापन (सूचीसहित)

khanepani

काठमाडौँ । गृहमन्त्रालयले ५२ जना प्रमुख जिल्ला अधिकारी(सीडीओ)हरूको हेरफेर गरेको छ । शुक्रबार गृहमन्त्री रामबहादुर थापाले मन्त्रीस्तरीय निणर्यबाट ५२ जना सीडीओहरुको सरुवारपदस्थापन गरेका हुन् ।

जीवनप्रसाद दुलाललाई काठमाडौंबाट नुवाकोटमा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ ।

सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा सरुवा गरिएको छ । त्यस्तै बागलुङका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेलाई सिन्धुलीमा सरुवा गरिएको छ ।

त्यस्तै गृहमन्त्रालयमा कार्यरत शालिग्राम शर्मा पौडेललाई जिल्ला प्रशासन कार्यालय गोरखामा प्रमुख जिल्ला अधिकारीका रुपमा सरुवा गरिएको छ । त्यस्तै गोरखाका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई महोत्तरी सरुवा गरिएको छ ।

त्यस्तै जिल्ला हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरन्जिवी गिरीलाई कारागार कार्यालयको जेलरमा सरुवा गरिएको छ ।

हेर्नुहोस् सूची

ranechhap