05, May, 2024

गगनको टिप्पणीबारे महतले भने, ‘पदाधिकारी बैठकमा केही भन्नुभएको छैन’

Bagmati Voice
संवाददाता
२ जेष्ठ २०८०, मंगलवार १२:२६ | ११ महिना अगाडी

काठमाडौं । नेपाली कांग्रेसले पार्टीभित्र विशेष महाधिवेशनको कुनै तयारी नभएको प्रष्ट पारेको छ । कांग्रेसको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीका महामन्त्री गगन थापाले पार्टीको बैठकमा कुनै असन्तुष्टि नराखेको बताए ।

पार्टीभित्र महामन्त्रीले अति भयो भनेर टिप्पणी गर्नुभएको थियो । अहिले विशेष महाधिवेशन माग गर्नेगरी प्रदेशमा भेला भइरहेको चर्चाबारे पार्टीको धारणा के हो ? भन्ने प्रश्नमा उनले भने, ‘यो पदाधिकारी बैठकमा उहाँहरूले यस्तो कुरा गर्नुभएको छैन । जुन कुरा त्यहाँ उठेको छैन बाहिर कसरी आए । अचम्म लागिरहेको छ । म धेरै छलफलमा सहभागी छु ।’

उनले पार्टीको कार्यसूचीअनुसार नीति भेला गर्ने तयारी भइरहेको बताए । पार्टी महामन्त्री थापाले पार्टीमा अन्ति भएको भन्दै सामाजिक सञ्जालमा लेखेका थिए । त्यो स्टाटसले कांग्रेस वृत्तमा तरङ्ग ल्याएको थियो ।

२ जेष्ठ २०८०, मंगलवार १२:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading