19, May, 2024

बालकृष्ण खाणबारे कांग्रेसको प्रतिक्रिया, ‘निर्दोष साबित गर्छु भनिराख्नुभएकोले थप निर्णय गरेनौं’

Bagmati Voice
संवाददाता
२ जेष्ठ २०८०, मंगलवार ११:४९ | १ साल अगाडी

काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा सहयोग गर्ने बताएको छ ।

कांग्रेसले गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता डा. प्रकाशशरण महतले स्वतन्त्र, निष्पक्ष अनुसन्धान हुनुपर्ने बताए । कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाणबारे अनुसन्धान भइरहेकाले अहिले निर्णय लिन हतार हुने बताए ।

उनले भने, ‘अनुसन्धानको निष्कर्ष आएको छ । अनुसन्धान परिपक्व होस् । त्यसको निष्कर्ष आओस् । उहाँले निर्दोछु साबित गर्छु भनिराख्नुभएको छ । अनुसन्धान प्रक्रिया अघि बढोस् निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ । त्यसैले हामी अहिले निर्णयमा पुगिसकेका छैनौं ।’

उनले दोषीलाई कारबाही गर्ने बताए ।

उनले भने, ‘बचाउनुपर्छ हामी भन्दैनौँ । त्यसैले उहाँको अनुसन्धानपछि मात्रै निर्णय गर्छौं । उहाँले छानबिनमा सघाउँछु भन्नुभएको छ ।’

२ जेष्ठ २०८०, मंगलवार ११:४९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading