
जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय धनुषाले जिल्लावासीसँग ठूलो परिणाममा नगद र गरगहनाहरू घरमा नराख्न अपिल गरेको छ ।
एक सूचना जारी गर्दै जिल्ला प्रहरी कार्यालयले चोरीको घटना बढेको भन्दै नगद र गरगहनाहरू सुरक्षित स्थान (बैंक वा लकर)मा अपिल गरेको हो ।
मोटरसाइकलहरु बाहिर पार्किङ गर्दा अनिवार्य रूपमा मोटरसाइकल लक लगाउन र विवाह, व्रतबन्ध वा अन्य कुनै कार्य गर्दा घर परिवारका सबै सदस्यहरू एकै चोटि घर बाहिर नजान समेत प्रहरीले आग्रह गरेको छ ।
यस्तै टोल वा घर वरपर शङ्कास्पद रूपमा मान्छे हिँडडुल गरेको देखिए तत्काल नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा फोन गरी जानकारी गराउन भनेको छ ।