16, Jul, 2024

नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु

Bagmati Voice
संवाददाता
२७ बैशाख २०८०, बुधबार ०८:१८ | १ साल अगाडी

अर्घाखाँची । भूमिकास्थान नगरपालिकामा आगो निभाउने क्रममा जलेर घाइते भएका ४ मध्ये ३ जनाको मृत्यु भएको छ ।

मंगलवार दिउँसो भूमिकास्थान– २ तिरतिरेमा पदम वेल्वासेको घरमा लागेको आगो निभाउने क्रममा घाइते भएका ७२ वर्षीय पीताम्बर वेल्वासे, ५५ वर्षीय पदम वेल्वासे र ५२ वर्षीय घनश्याम वेल्वासेको उपचारको क्रममा ज्यान गएको हो ।

सो आगलागीमा परी घाइते भएकालाई सुरुमा जिल्ला अस्पताल सन्धिखर्कमा उपचार गरिएको थियो । त्यहाँ उपचार सम्भव नभए पछि थप उपचारका लागि मिसन अस्पताल पाल्पाका लागि रेफर गरिएको थियो ।

र, पाल्पा मिशन अस्पतालमा पनि उपचार हुन नसकेपछि काठमाडौं रेफर गरिएकोमा उपचारका लागि काठमाडौं ल्याउँदै गर्दा तीनैजनाको बाटोमै मृत्यु भएको छिमेकी विष्णु वेल्वासेले सञ्चारकर्मीलाई जानकारी दिए ।

उनका अनुसार सोही आगलागी परेर घाइते अर्का ३६ वर्षीय माधव वेल्वासेको अवस्था गम्भीर रहेको छ । उनको भने कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।

२७ बैशाख २०८०, बुधबार ०८:१८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading