24, Jun, 2024

दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु, दुई जना घाइते

Bagmati Voice
संवाददाता
२६ बैशाख २०८०, मंगलवार ०८:५७ | १ साल अगाडी

कैलाली । दार्चुलामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने थप दुई जना घाइते भएका छन् ।

जिल्लाको शैल्यशिखर नगरपालिका–३ दुवेडीका १५ वर्षीय नरेश खत्रीको चट्याङ लागेर मृत्यु भएको र सोही ठाउँका ३९ वर्षीया मिना खत्री र ३० वर्षीय कुमार खत्री घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रवक्ता प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले जानकारी दिए।

चट्याङ लागेर मृत्यु भएका नरेश र घाइते भएकी मिना आमा छोरा हुन् । अर्का घाइते कुमार मिनाका भतिजा हुन् ।

सोमवार साँझ खेतमा काम गरिरहेका बेला उनीहरूलाई चट्याङ लागेको थियो। चिउरीको रुखमा चट्याङ परेको र रुख नजिकै खेतमा काम गरिरहेका तीनै जनालाई चट्याङ लागेको प्रहरीले जनाएको छ।

चट्याङ लागेर गम्भीर घाइते भएका नरेशको उपचारका क्रममा गोकुलेश्वर अस्पतालमा मृत्यु भएको र थप दुई जनाको सोही अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

२६ बैशाख २०८०, मंगलवार ०८:५७ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading