
काठमाडौ । काठमाडौ नेकपा एमालेका सांसद विष्णु पौडेलले ६.५ प्रतिशत पुगेको आर्थिक वृद्धिदर १.८६ प्रतिशतमा झर्नुको जिम्मेवारी गठबन्धनले लिनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभाको बैठकमा विनियोजन विधेयक २०८० सिद्धान्त र प्राथमिकताबारेको छलफलमा बोल्दै पौडेलले ६.५ प्रतिशत पुगेको आर्थिक वृद्धिदर खस्किनुमा गठबन्धनको सरकार जिम्मेवार रहेको बताएका हुन्।
पूर्वअर्थमन्त्री समेत रहेका पौडेललले ०७४ दिख ०७६ सम्मका तीन आर्थिक वर्षमा औषतमा ६.५ प्रतिशत हाराहारीमा रहको बताउँदै चालु आर्थिक वर्षमा सात वा ८ प्रतिशत हुँदै डबल डिजिटमा पुग्नुपर्ने बताए।
‘अहिले १।८६ प्रतिशत पुगेको छ ।यसको जिम्मेवारी कसले लिने लिन्छ?,’ पौडेलले प्रश्न गरे।
पौडेलले गत वर्षको यही समयमा संकलन भएको राजस्व अहिले संकलन भएको राजस्वभन्दा १३ प्रतिशत कम रहेको बताए।
‘राजस्व परिचालन निकै लाजमर्दो अवस्थामा छ। गत आवको यो अवधिमा ८ खर्ब १७ अर्ब राजश्व संकलन भएकामा चालु आवको सोही अवधिमा ७ खर्ब ८ अर्बमा मात्रै सिमित भएको छ,’ उनले भने।