04, Oct, 2023

जबर्जस्ती करणी मुद्दाका आरोपीलाई प्रकाउ गर्न खोज्दा स्थानीयद्वारा प्रहरीमाथि ढुंगामुढा, हत्कडीसहित बुढा फरार

बागमती भ्वाइस न्युजडेस्क
२५ बैशाख २०८०, सोमबार १५:२७ | ४ महिना अगाडी

सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका-६ सैनामा जबर्जस्ती करणी मुद्दाका आरोपीलाई प्रकाउ गर्न खोज्दा स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गरेका छन् ।

सोमवार जबरजस्ती करणी मुद्दाका आरोपी ३१ वर्षीया शंक बुढालाई प्रकाउ गर्न खोज्दा इलाका प्रहरी कार्यालयका प्रहरीमाथि ढुङ्गामुढा भएको हो ।

घटनामा इलाका प्रहरी कार्यालय पलाताका सहायक प्रहरी निरीक्षक लक्ष्मी ढुङ्गेल रावल र एक स्थानीय घाइते भएको कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् प्रहरी वरिष्ठ उपरीक्षक माधव श्रेष्ठले जानकारी दिएका छन् ।

बलात्कार आरोपी बुढा हत्कडीसहित फरार भएका श्रेष्ठले बताए । उनले भने,ञ आरोपी बुढाको खोजी कार्य भइरहेको छ । कालिकोट जिल्ला प्रहरी कार्यालय र नजिकका प्रहरी चौकीबाट थप प्रहरी टोली खटाइएको छ ।,

बुढाले २०७९ असोज ३१ गते गाउँकै एक महिलामाथि जबरजस्ती करणी गरेका थिए । पीडितले कात्तिक ९ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा किटानी जाहेरी दिइएको थिइन् ।

२५ बैशाख २०८०, सोमबार १५:२७ मा प्रकाशित