22, Sep, 2023

झापामा तय नेकपा एमालेले केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने

बागमती भ्वाइस न्युजडेस्क
२४ बैशाख २०८०, आईतवार १५:२० | ४ महिना अगाडी

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले केन्द्रीय कमिटी बैठक काठमाडौंमै बस्ने भएको छ । यसअघि झापामा बस्ने तय भनिएको बैठक अन्तिम समयमा काठमाडौंमा सारिएको हो ।

वैशाख २८-३० गतेसम्म केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताए । उनले बजेट अधिवेशनसमेत सुरू भएकाले नेता तथा सांसदहरू संसदीय काममा केन्द्रित हुनुपर्ने हुँदा बैठकस्थल सारिएको बताए ।

तीन दिनसम्म चल्ने बैठकमा मंसिर ४ र वैशाख १० को चुनाव, दुई महिने ‘मिसन ग्रासरुट’ अभियानको समीक्षा र पार्टीको रणनीतिबारे छलफल गरिने जनाइएको छ । केन्द्रीय समितिको बैठकको एजेण्डा अनुमोदनका लागि २६ गते सचिवालय बैठक पनि बस्दैछ ।

२४ बैशाख २०८०, आईतवार १५:२० मा प्रकाशित