19, May, 2024

बेलायती राजा र प्रधानमन्त्रीसँग परराष्ट्रमन्त्रीको भेट

Bagmati Voice
संवाददाता
२४ बैशाख २०८०, आईतवार १५:१५ | १ साल अगाडी

काठमाडौं । परराष्ट्रमन्त्री नारायण प्रकाश साउदले बेलायतका राजा चार्ल्स तृतीय र रानी क्यामिलाको राज्यभिषेकमा सहभागी भएका छन् ।

बेस्टमिन्सटरमा भएको रिसेप्सनमा सहभागी भएका मन्त्री साउदले हिजो साँझ बकिंघम दरबारमा भएको राज्यभिषेकमा पनि उपस्थित थिए ।

समारोहमा मन्त्री साउदले राजा चार्ल्स तृतीय र राजपरिवारका अन्य सदस्यसँग पनि भेट गरेका थिए ।

त्यस्तै, उनले बेलायती प्रधानमन्त्री ऋषि सुनकसँग पनि छोटो भेटवार्ता गरेका लण्डनस्थित नेपाली राजदूतावासले जानकारी दिएको छ ।

२४ बैशाख २०८०, आईतवार १५:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading