25, Sep, 2023

नेपाली कांग्रेसका सुरेन्द्र आचार्य मन्त्री नियुक्त, आजै शपथ

बागमती भ्वाइस न्युजडेस्क
२४ बैशाख २०८०, आईतवार १०:०५ | ४ महिना अगाडी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेसका सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका छन् । मन्त्री आचार्यको शपथ ग्रहण आज दिउँसो साढे १२ बजे शीतल निवासमा तय भएको छ ।

नेपाली कांग्रेसको सिफारिसमा प्रधानमन्त्री प्रचण्डले आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मा दिएका छन् । हाल महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय सम्हाल्दै आएका जसपाका महिन्द्रराय यादवलाई भने वन तथा वातावरण मन्त्रालयको जिम्मा दिइने छ । वन मन्त्रालय प्रधानमन्त्री प्रचण्ड आफैंले सम्हाल्दै आएका थिए ।

नवनियुक्त मन्त्री आचार्य कपिलवस्तु क्षेत्र नम्बर २ बाट विजयी भएका थिए । राष्ट्रपति रामचन्द्र पौडल निकट मानिने आचार्य यसअघि सिंचाइ राज्यमन्त्रीसमेत बनेका थिए ।

२४ बैशाख २०८०, आईतवार १०:०५ मा प्रकाशित