08, Oct, 2024

अमेरिकी डलरको भाउ स्थिर, आज कुन मुद्रा कतिमा हुँदै छ किनबेच ?

Bagmati Voice
संवाददाता
२४ बैशाख २०८०, आईतवार ०९:३३ | १ साल अगाडी

एजेन्सी । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आइतबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । यसअघि शुक्रवार डलरको भाउ घटेको थियो।

नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा कायम गरिएको छ। यसअघि शुक्रवार पनि सोही मूल्यमा यसको कारोबार भएको थियो ।

आइतबार युरोपियन युरो एकको खरिद मूल्य १४३ रुपैयाँ ९८ पैसा र बिक्री मूल्य १४४रुपैयाँ ६४ पैसा कायम गरिएको छ । शुक्रवार यसको खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८ पैसा तोकिएको थियो । शुक्रवारको तुलनामा आइतबार युरोको भाउ ४४ पैसाले घटेको हो ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिद मूल्य आइतबार ८७ रुपैयाँ ८७ पैसा र बिक्री मूल्य ८८ रुपैयाँ २७ पैसा तोकिएको छ। यो मूल्य शुक्रवारको तुलनामा ७२ पैसाले बढेको हो । शुक्रवार यसको खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५५ पैसा कायम गरिएको थियो ।

यता, आइतबार क्यानेडियन डलर एकको खरिदमा भने ९६ रुपैयाँ ८७ पैसा र बिक्रीमा ९७ रुपैयाँ ३१ पैसा पाइन्छ भने बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा तोकिएको छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३५ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३६ रुपैयाँ २ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ५६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७२ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा २९ रुपैयाँ ४३ पैसा र बिक्रीमा २९ रुपैयाँ ५७ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४२६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३५ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३४७ रुपैयाँ ९६ पैसा तोकिएको छ।

२४ बैशाख २०८०, आईतवार ०९:३३ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading