24, Jun, 2024

मोरङमा रोकिएको हुलाकी सडकको काम तत्काल अघि बढाउन यातायातमन्त्रीको निर्देशन

Bagmati Voice
संवाददाता
२२ बैशाख २०८०, शुक्रबार १४:१५ | १ साल अगाडी

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले हुलाकी राजमार्ग अन्तर्गत बेतौना-विराटनगर सडक खण्डको समस्या तत्काल समाधान गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

बिहीबार हुलाकी राजमार्गको मोरङ खण्डमा ठेकदारले काम रोकेपछि संघीय सांसद, प्रदेशसभा सदस्य र पाँच स्थानीय तहका जनप्रतिनिधिले पत्रकार सम्मेलन गरेका थिए ।

लगतै यातायातमन्त्री ज्वालाले सडक विभाग र इटहरी कार्यालयका आयोजना प्रमुखलाई टेलिफोन गरी हुलाकी सडक निर्माणमा देखिएको समस्या समाधान गरी तत्काल निर्माण कार्य अघि बढाउन निर्देशन दिएका हुन् । काम रोक्ने निर्माण कम्पनीलाई आवश्यक कारबाही गर्न पनि उनले निर्देशन दिए ।

झापा, मोरङ, सुनसरी र सप्तरी गरी चार जिल्ला कार्यक्षेत्र रहेको इटहरी योजना कार्यालयले ४४ किमि खण्डमा पाँच ठेक्का लगाई निर्माण कार्यलाई तीव्रता दिएको छ । जसमध्ये २० किमि कालोपत्रे भइसकेको छ ।

बेतौनादेखी विराटनगरसम्मको करिब १८ किलोमिटरमा सञ्चालित दुई ठेक्काको निर्माण कार्य करिब एक महिनादेखि ठप्प छ । निर्माणको काम ठप्प भएपछि जनप्रतिनिधिहरुले पत्रकार सम्मेलन गरेका थिए ।

एक महिनादेखि निर्माण कार्य रोकिएपछि आयोजनाको इटहरी कार्यालयले र निर्माण सुचारु गर्न निर्माण व्यावसायीलाई लिखित पत्राचार गरिसकेको छ । समयमा निर्माणको काम सक्नेगरी तत्काल काम सुरू नगरे निर्माण व्यवसायीलाई सार्वजनिक खरिद ऐन, नियमावली तथा ठेक्का सम्झौताका शर्त बमोजिम कारवाहीको प्रक्रिया अगाडि बढाउने आयोजनाले चेतावनी दिएको छ ।

२२ बैशाख २०८०, शुक्रबार १४:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading