16, Jul, 2024

दाङमा जीप दुर्घटनाः पाँचजना घाइते, दुईको अवस्था गम्भीर

Bagmati Voice
संवाददाता
२२ बैशाख २०८०, शुक्रबार १४:०२ | १ साल अगाडी

काठमाडौ । काठमाडौ दाङमा यात्रुवाहक जीप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन्।

सल्यानको कपुरबोटबाट तुलसीपुर आउँदै गरेको रा १ च ३२१ नम्बरको जिप मध्याह्न १२ बजे तुलसीपुर उपमहानगरपालिका–३ शीरखोलामा दुर्घटना भएको हो।

दुर्घटनामा पाँच जना घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी पुष्पराज मल्लले जानकारी दिए।

आफूपनि घटनास्थलमा जाँदै गरेको र थप विवरण आइनसकेको उनले बताए।

दुर्घटनामा घाइते भएकालाई उपचारका लागि अस्पताल लगिएको डिएसपी मल्लले जानकारी दिए।

२२ बैशाख २०८०, शुक्रबार १४:०२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading