22, Sep, 2023

पूर्व मन्त्रीका रायमाझीका छोरालाई काठमाडौं ल्याइयो, केही बेरमा अदालत लगिँदै

बागमती भ्वाइस न्युजडेस्क
२१ बैशाख २०८०, बिहीबार ११:०६ | ४ महिना अगाडी

काठमाडौं । पूर्वमन्त्री टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई काठमाडौं ल्याइएको छ । नक्कली भुटानी शरणार्थी बनाउन सहयोगी भूमिका खेलेको आरोपमा भैरहवामा बुधवार पक्राउ परेका सन्दीपलाई आज बिहान काठमाडौं ल्याइएको हो ।

काठमाडौंका एसएसपी दानबहादुर कार्कीका अनुसार काठमाडौं ल्याइएका उनलाई जिल्ला अदालत, काठमाडौंमा पेश गरेर अनुसन्धानका लागि म्याद थप हुनेछ ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजान खोजेको आरोपमा धमाधम पक्राउ परिरहेका छन् । हिजो सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिएको थियो, उनलाई ३ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालतले अनुमति दिइसकेको छ ।

२१ बैशाख २०८०, बिहीबार ११:०६ मा प्रकाशित