29, May, 2024

आज बेलायत जाँदै परराष्ट्र मन्त्री नारायणप्रकाश साउद

Bagmati Voice
संवाददाता
२१ बैशाख २०८०, बिहीबार १०:३९ | १ साल अगाडी

काठमाडौ । काठमाडौ परराष्ट्र मन्त्री नारायणप्रकाश साउद (एनपी) आज बेलायत प्रस्थान गर्ने भएका छन्।

बेलायतका राजाको राज्याभिषेक समारोहमा सहभागी हुन परराष्ट्र मन्त्री साउद बिहीबार बिहान ११ बजे त्यसतर्फ प्रस्थान गर्ने कार्यक्रम तय भएको छ।

मन्त्री साउदका स्वकीय सचिव दिपककुमार जोशीका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आज बिहान ११ बजे परराष्ट्र मन्त्री साउद सहितको टोली बेलायत प्रस्थान गर्ने कार्यक्रम छ।

साउदसँगै पत्नी ज्योत्सना र स्वकीय सचिव जोशी बेलायत जाने कार्यक्रम छ।

परराष्ट्र मन्त्री साउद बेलायत जाने कार्यक्रम बुधबारको मन्त्रिपरिषदले स्वीकृत गरेको थियो।

परराष्ट्र मन्त्री साउद वैशाख २६ गते स्वदेश फर्किने कार्यक्रम छ।

२१ बैशाख २०८०, बिहीबार १०:३९ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading