वि.सं.२०८३ असार १५ सोमवार

सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण परिर्वतन गर्नुपर्छ : अध्यक्ष चन्द्रप्रसाद ढकाल

khanepani

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारको निजी क्षेत्रलाई हेर्ने देष्टिकोण परिवर्तन हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा ग्रिल तथा स्टिल व्यवसायी महासंघले उद्योग वाणिज्य महासंघका नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारी सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन् ।

उनले करिब ८० प्रतिशत जति राजश्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान पुर्याएको भन्दै सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्ने बताए ।

उनले पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्ने आरोप लाग्ने गरेको बताए । अध्यक्ष ढकालले निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन, नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने सोचलाई परिवर्तन गराउन आवश्यक रहेको उनको भनाइ छ ।

उनले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कायम गर्न आवश्यक रहेको पनि बताए । उनले सरकारले कुनै अनुदान र पैसा बिना मोरल रुपमा मनोबल बढ्ने कुरामा कन्जस्याँई नगरी प्रोत्साहन गर्न माग गरे ।

अध्यक्ष ढकालले पछिल्लो समय व्यवसायी सबैतिर निराशा देखिएको भन्दै अर्थतन्त्रमा सूचकहरु सकारात्मक रहेको भन्दै निराश नहुन आग्रह गरे ।

उनले पछिल्लो समय रेमिट्यान्स र पर्यटकहरुको आगमनमा वृद्धि, बैंकको तरलता सहज, बैंकको ब्याजदर क्रमशः घट्ने क्रममा रहेको बताए । उनले निक्षेपको ब्याजदर बढेको कारण कर्जाको ब्याजदर वृद्धि भएको बताए । उनले सरकार ,राष्ट्र बैंक,बैंर्कस संघ र निजी क्षेत्रको पहलमा ब्याजदर कम हुँदै गएको दाबी गरे ।

‘पछिल्लो समय निजी क्षेत्र नाफाको लागि मात्रै काम गर्छ । निजी क्षेत्रले सामाजिक उत्तरदायित्व पूरा गर्दैन । नाफालाई मात्रै प्राथमिकता दिन्छ भन्ने बाहिर जनतामा भ्रम छ’, उनले भने, ‘यस्तो सोचाई परिर्वतन गर्नुपर्छ । करिव ८० प्रतिशत जति राजश्व र रोजागारी सिर्जना गर्न निजी क्षेत्रको सरकारलाई योगदान छ । यो निजी क्षेत्रलाई हेर्ने दृष्टिकोण अब परिवर्तन हुनुपर्छ ।’

उनले सरकारले ८० प्रतिशत अर्थतन्त्रमा योगदान गर्ने निजी क्षेत्रको प्रोटोकल कहाँ हो भन्ने नै थाहा नभएको बताए । यसलाई पनि सरकारले समावेश गर्नुपर्ने ढकालको भनाइ छ ।

सरकारले कुनै अनुदान र पैसा बिना मोरल रुपमा मनोबल बढ्ने कुरामा सरकारले कन्जुस्याँई गर्ने त्यस्तो कुरामा निजी क्षेत्रलाई सरकारले प्रोत्साहन गर्नुपर्ने उनले बताए ।

‘पछिल्लो समय व्यवसायी सबैतिर निराशा हुने देखिएको छ । पछिल्लो समय रेमिट्यान्स र पर्यटकहरुको आगमनमा वृद्धि भएको छ’, अध्यक्ष ढकालले भने, ‘बैंकको तरलता सहज भएको छ । बैंकको ब्याजदर क्रमशः घट्ने क्रममा रहेको छ । कर्जाको ब्याजदर निक्षेपको ब्याजदर बढेको कारण बढेर गएको छ । सरकार ,राष्ट्र बैंक,बैंर्कस संघ र निजी क्षेत्रको पहलमा ब्याजदर कम हुँदै गएको छ । त्यसैले अब निजी क्षेत्रका उद्योगी व्यवसायीहरु उत्साहित भएर काम गर्न सक्नुपर्छ ।’

त्यस्तै, महासंघका उपाध्यक्ष हेमराज ढकालले महासंघको वर्तमान नेतृत्व आएसँगै महासंघ धेरै चलायमान भएको दाबी गरे । उनले अर्थतन्त्रमा देखिएका समस्या समाधानको लागि अध्यक्षको नतृत्वमा प्रधानमन्त्रीदेखि अर्थमन्त्री र पार्टीका अध्यक्षहरुलाई भेटेर महासंघका मागहरु राखेको बताए । उनले महासंघले उठाएका बैंकको ब्याजदर कम गर्ने विषयमा सरकारले काम अगाडि समेत बढाएको दाबी गरे । उनले अहिलेको महासंघको नेतृत्वले आयातमुखी अर्थतन्त्रबाट उत्पादनमुखी अर्थतन्त्र बनाउन भुमिका खेल्ने बताए ।

त्यस्तै, कार्यक्रममा ग्रिल तथा स्टिल व्यवसायी महासंघका अध्यक्ष मोहन कटुवालले देशभरमा ६० प्रतिशत स्टिल व्यवसायीहरु कानूनी दायरामा आउन नसकेको बताए । उनले ग्रिल तथा स्टिल व्यवसायीहरु कानूनी रुपमा व्यापार व्यवसायी गर्न चाहे पनि सरकारले त्यो खालको वातावरण बनाउन नसकेको बताए । उनले कानूनी दायरामा आउन सरकारको नीति स्पष्ट नभएको अभावको कारण ग्रिल व्यवसायी दर्ता गरेर सञ्चालन गर्न सहज नभएको बताए ।

उनले पछिल्लो समय सामान्य ग्रिल जन्य वस्तुहरु पनि बाहिरबाट आउने गरेको भन्दै ग्रिलजन्य सामग्रीको काम नेपालमा नै गर्ने वातावरण सरकारले बनाउनु पर्ने बताए ।

ranechhap