29, Apr, 2024

गृहमन्त्रालयले हालै बढुवा भएका १३ नायब महानिरिक्षक-डीआईजीको पदस्थापन,कसलाई कहाँ जिम्मेवारी ?

Bagmati Voice
संवाददाता
१३ बैशाख २०८०, बुधबार १२:५८ | १ साल अगाडी

काठमाडौं । गृहमन्त्रालयले हालै बढुवा भएका १३ नायब महानिरिक्षक-डीआईजीको पदस्थापन गरेको छ । गृहका अनुसार मधेश प्रदेशमा जनक भट्टराई र सुदूरपश्चिम प्रदेशमा भरतबहादुर बोहरालाई जिम्मेवारी दिइएको छ । एसएसपी छँदै उनीहरू काज मिलाएर त्यहाँ पुगेका थिए ।

डीआईजीले नेतृत्व गर्ने प्रदेश प्रहरीमा बोहरा र भट्टराईले इन्जार्जको जिम्मेवारी पाइहालेका हुन् । यस्तै विष्णुकुमार केसीलाई प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकाश निर्देशनालय, रवीन्द्र केसीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, राजेशनाथ बास्तोलालाई कोशी प्रदेशको जिम्मेवारी दिइएको छ ।

चन्द्रकुबेर खापुङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लालमणी आचार्यलाई काठमाडौं उपत्यका प्रहरी कार्यालय, सुरेन्द्रप्रसाद मैनालीलाई अपराध अनुसन्धान विभाग अनुसन्धान निर्देशनालय, अर्जुन चन्द ठकुरीलाई साइबर ब्युरो, यज्ञविनोद पोखरेललाई केन्द्रीय अनुसन्धान ब्युरो र विकाशराज खनाललाई कार्य विभागमा पदस्थापन गरिएको छ ।

यस्तै कुवेर कडायत महानिरीक्षकको सचिवालय र केदार ढकाल प्रशासन विभागमा सरुवा भएका छन् ।

१३ बैशाख २०८०, बुधबार १२:५८ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading