वि.सं.२०८३ भदौ १६ मंगलवार

नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिमा जिताउन आठ दलीय गठबन्धनका शीर्ष नेताहरूले सांसदसँग छलफल गर्ने

khanepani

काठमाडौं । राष्ट्रपतिमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन आठ दलीय गठबन्धनका शीर्ष नेताहरुले संयुक्त रुपमा सांसदहरुलाई आवह्रान गर्ने भएका छन्।

फागुन १८ गते प्रतिनिधि र राष्ट्रिय सभाको सबै सांसदहरुको उपस्थितिमा आठ दलका शीर्ष नेताहरुले छलफल गर्न लागेको नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले बताए।

उनले भने, ‘१८ गते प्रतिनिधि र राष्ट्रियसभा सदस्य र १९ गते सातै प्रदेशसभामा सदस्यहरुसँग अन्तक्रिया गछौँ। निर्वाचनको अघिल्लो दिन पनि निर्वाचनको बिषयमा सबैसँग हामी छलफल गर्छौँ।’

अहिले पार्टी सभापति शेरबहादुर देउवा, राष्ट्रपतिको उम्मेदपार पौडेल आठ दलको मात्रै नभएर अन्य दलसँग सम्पर्कमा रहेको बताए।

नेता पौडेललाई कांग्रेससहित माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन्।

यता एमालेले सुवास नेम्वाङलाई उम्मेदवार बनाएको छ। तर, नेम्वाङको पक्षमा रास्वपा र राप्रपा नजिक भएपनि अहिलेसम्म ठोस निर्णय गरेका छैनन्।

ranechhap