वि.सं.२०८३ असार १६ मंगलवार

प्रधानमन्त्रीले समानान्तर सत्ता सञ्चालन गर्न खोजेपछि संसद भंग गरेँ

khanepani

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका केही नेताहरुले समानान्तर सत्ता सञ्चालनको अभ्यास गर्न खोजेपछि प्रतिनिधिसभा विघटन गर्नु परेको बताएका छन् ।

पार्टीभित्रका केही नेताहरुको अतिरिक्त आकांक्षाको बाछिटा संसदमा नपरोस् भनेर आफूले प्रयास गरेको भए पनि सफल नभएको उनले सुनाए ।

आफ्नो नेतृत्वको सरकार गठन भएको तीन वर्ष पुगेको दिन सिंहदरबारबाट सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सुरुदेखि नै अप्ठ्यारो भए पनि एक वर्षदेखि गठबन्धन सरकारको जस्तो नियती भोग्नु परेको बताए ।

सरकारले ल्याएका विधेयकहरु छलफलको नाममा अड्काउने, संवैधानिक निकायहरुमा नियुक्ति सिफारिस हुनै नदिने र भए सुनुवाई समितिमा अड्काउने काम भएको भन्दै उनले बताए ।, ‘अनुपयुक्त ढंगले समानान्तर सत्ता सञ्चालनको अभ्यास भए ।

यदि संसद विघटन नगरेको भए एकीकृत पार्टी नहुने, कसैसँग बहुमत नहुनुका साथै स्थिरता आउने उनले दाबी गरे ।

ranechhap