काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुन: सिंहदरबारको मूल भवनबाटै सञ्चालन भएको छ ।
२०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आज कार्यालयको उद्घाटन गरेका हुन् ।भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि भने शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।








































