वि.सं.२०८३ असार १६ मंगलवार

सरकारको तेस्रो वार्षिकोत्सव प्रचण्ड नेपाल समूहद्वारा बहिष्कार

khanepani

विराटनगर । प्रदेश १ सरकारको वार्षिकोत्सव कार्यक्रम नेकपाको प्रचण्ड नेपाल पक्षले बहिष्कार गरेको छ। मुख्यमन्त्री कार्यालय विराटनगरमा जारी कार्यक्रममा प्रमुख विपक्षी नेपाली कांग्रेसका प्रदेशका नेता र पदाधिकारी पनि अनुपस्थित छन्।

यसैगरी प्रदेश सभाका सदस्यको उपस्थिति पनि न्यून छ। ओली समूहका सांसदहरू र कांग्रेसकी बिन्दिया कार्कीमात्र कार्यक्रममा सहभागी छन। कांग्रेस संसदीय दलका नेता राजीव कोइरालालाई मञ्चमा पटक पटक बोलावट भए पनि उनी अनुपस्थित रहे।

कार्यक्रममा प्रदेश सरकारले २३२ बुँदे उपलब्धि सार्वजनिक गरेको छ। प्रदेश प्रमुख सोमनाथ प्यासीले उपलब्धि समेटिएको पुस्तिका सार्वजनिक गरेका छन। मुख्यमन्त्री शेरधन राईले प्रदेश सरकार सफल रहेको दाबी गरे।

प्रदेश १ को तेस्रो वार्षिकोत्सवमा प्रचण्ड माधव समूहले अघोषितरुपमा बहिस्कार गरेको छ । सोमबार मुख्यमन्त्री कार्यालयमा तेस्रो वार्षिकोत्सव मनाइँदैछ । वार्षिकोत्सवमा प्रचण्ड माधव समूह सहभागी भएन ।

प्रचण्धड समूहका नेता इन्द्र आङ्बोले वैधता सकिएको सरकारको कार्यक्रममा सहभागी नभएको बताए । ‘सरकारको वैधता सकिएको छ,’ उनले भने, ‘वैधता सकिएको सरकारको वार्षिकोत्सबमा सहभागी हुन आवश्यक छ ।

ranechhap