वि.सं.२०८३ असार १५ सोमवार

प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन, सरकारका तीन वर्षे उपलब्धि पनि सुनाउने

khanepani

काठमाडौं । आफ्नो नेतृत्वमा रहेको सरकारले तीन वर्षमा गरेका कामबारे ओलीले जानकारी दिन लागेका हुन्।

सिंहदरबारस्थित पुनर्निर्माण गरिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय उद्घाटन कार्यक्रममा ओलीले तीन वर्षमा भएका कामबारे प्रेस विफ्रिङ गर्न लागेका हुन्।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले आज बिहान ११ बजे प्रधानमन्त्री ओलीले मुख्य उपलब्धिहरूबारे जानकारी दिने बताए। ओली २०७४ साल फागुन ३ गते प्रधानमन्त्री भएका थिए।

विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको देशको प्रमुख प्रशासनिक स्थल सिंहदरबारको पुनःनिर्माण हालै सकिएको छ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणद्वारा पुनःनिर्माण सम्पन्न पश्चिमबाहेकका तीनवटा मोहडाको प्रधानमन्त्री ओलीले आज उ्दघाटन गर्ने कार्यक्रम छ।

ranechhap