मधेश प्रदेशका दुई स्वतन्त्र सांसद जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन्।
सुरिता साह र प्रमोदकुमार जयसवाललाई अध्यक्ष उपेन्द्र यादवले पार्टीमा प्रवेश गराएको संघीय सांसद प्रदीप यादवले जानकारी दिए।
‘उहाँहरू स्वतन्त्र ढंगले निर्वाचन लड्नुभएको थियो’, यादवले सेतोपाटीसँग भने, ‘आज पार्टी अध्यक्षले दुवैलाई खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको छ।’
नयाँ सांसद थपिएसँगै मधेश प्रदेश सभामा जसपाको सांसद संख्या १८ पुगेको छ। मधेश प्रदेशको मुख्यमन्त्री पनि जनता समाजवादी पार्टीले पाएको छ। त्यहाँ सरोज यादव मुख्यमन्त्री छन्।








































