वि.सं.२०८३ असार २० शनिवार

रास्वपामाथि राजेन्द्र पाण्डको टिप्पणी : घण्टी बजाएको भरमा २० सीट जित्यो

khanepani

काठमाडौँ । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले राष्ट्रिय स्वतन्त्र पार्टीमाथि कडा टिप्पणी गरेका छन् ।

उपाध्यक्ष पाण्डेले देशका लागि केही नगरेकाहरूले घण्टी बजाउँदा २० सीट जितेको टिप्पणी गरेका हुन् । नेकपा एस निकट अनेरास्ववियूले पार्टीबाट निर्वाचित सांसदहरूको सम्मानमा आज आयोजना गरेको कार्यक्रममा सांसद उनले राष्ट्रिय स्वतन्त्र पार्टीको सफलतामा संगठन र देशको पक्षमा कुनै योगदान नरहेको बताए ।

‘तपाईंहरूले देखिरहनु भएको छ, आज संगठनको नाममा केही नभएकाहरू केबल घण्टी बजाएको भरले २० सीट जितेर संसदमा पुगेका छन्, हिजो कही आन्दोलन गरेका थिए ? कही देशका लागि बोलेको र गरेको छ ?,’ उनले भने, ‘आज उनीहरू देशको नेतृत्व गर्न पुगेका छन्, यसलाई गम्भीरतापूर्वक लिनुपर्छ ।’

संगठनका अध्यक्ष सुदेश पराजुली अध्यक्षताको कार्यक्रममा अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाललगायत उपस्थित भएका थिए ।

ranechhap