पर्वत । जलजला गाउँपालिका ४ धुलेपालसिङ बस्ने ३३ वर्षीय रामबहादुर परियारलाई पत्नीको हत्या आरोपमा प्रहरीले पक्राउ गरेको छ । ३४ वर्षीया सन्तु जलारीको हत्या गरेको आरोपमा परियारलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।
रामबहादुर आफैँले सोही ठाउँस्थित धुलेपालसिङको जंगलमा घरायसी झगडाको कारण श्रीमतीको हत्या गरेको भनी प्रहरी चौकी वारिबेनीमा जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय पर्वतले बताएको छ । घटना बारे अनुसन्धन भइरहेको छ ।









































