वि.सं.२०८३ वैशाख १७ बिहीवार

केयूकेएलको अध्यक्षमा खत्री भए चयन

khanepani

काठमाडौँ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)को बोर्ड बैठकले त्रिरेशप्रसाद खत्रीलाई अध्यक्षमा चयन गरेको छ । मंगलबार बसेको बोर्डको बैठकले खत्रीलाई अध्यक्ष नियुक्त गरेको केयूकेएलका प्रमुख कार्यकारी अधिकृत मिलनकुमार शाक्यले बताए ।

‘बहुमत सदस्यले खत्रीसरलाई अध्यक्षमा चयन गरेको छ,’ उनले भने, ‘मेलम्चीको पानी काठमाडौं आउने तरखरमा छ, अब अध्यक्ष चयन भइसकेपछि समन्वय गर्न निकै सजिलो हुन्छ।’ नेपाल सरकारको सह-सचिव समेत रहेका खत्री मेलम्ची खानेपानी आयोजनाका आयोजना प्रमुख हुन् । यसअघि उनी मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनका प्रमुखसमेत भइसकेका हुन् ।

शालिन एव इमान्दार कर्मचारीहरुको सूचीमा पर्ने खत्री बोर्ड सदस्यहरुले सर्वसम्मत अध्यक्षमा चयन गरेका थिए । उनलाई काठमाडौं उपत्यका बासीहरुको घरको धारा देखि मेलम्ची खोला सम्मको पाइपलाइनको जानकारी समेत रहेको छ । त्यसैले मेलम्चीको पानी वितरण देखि मुख्य पाइप लाईनसम्मको जानकारी भएको खानेपानी मन्त्रालयको कर्मचारीहरु मध्येमा खत्री एक जना मात्र हुन ।

नेपाल सरकार, काठमाडौं महानगरपालिका, ललितपुर उपमहानगरपालिका, उपत्यका १६ वटै नगरपालिका केयूकेएलको शेयर सदस्य रहेका छन् ।

ranechhap