वि.सं.२०८३ वैशाख १८ शुक्रवार

केयूकेएलको इतिहासमा पहिलो पटक अन्तरक्रिया, अन्तरक्रिया केयूकेएलको संजिवनी बुटि बन्ला ? (भिडियो)

khanepani

काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल)ले आफ्नो १३ औं वार्षिक उत्सवको उपलक्ष्यमा एकदिवशीय “मेलम्चीको पानी वितरण गर्न केयूकेएलको तयारी” विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त अन्तरक्रिया कार्यक्रममा विभिन्न विषयमा आधारीत भएर आठ जना विज्ञहरुले कार्यपत्र पेश गरेका थिए । उक्त कार्यपत्रहरुमा पाँच जना विशेषज्ञहरुले टिप्पणी समेत गरेको थिए ।

केयूकेएलको इतिहासमा यस्तो अन्तरक्रिया पहिलो पटक भएको थियो । मेलम्चीको पानी केयूकेएले वितरण गर्न सक्ला कि ? नसक्ला भन्ने दुविधायुक्त अनेकौं प्रश्न उठिरहेको समयमा यो अन्तरक्रिया केयूकेएलका लागि संजिवनी हुने विज्ञहरुले बताएका थिए ।

कार्यपत्र प्रस्तुताहरु विशेषगरि मेलम्चीको पानी काठमाडौंमा कसरी वितरण गर्न सकिन्छ भन्ने विषयको वरिपरि मैै घुमेका थिए ।
केयूकेएलमा सिईओ भएर मिलनकुमार शाक्य आएपछि त्यहाँको अनियमितता र भ्रष्टाचारको विययमा जसरी मिडियामा कुरा उठेका छन । त्यसरी नै पानी वितरणमा अप्ठाराहरु आउन सक्छन कि भन्ने भ्रमलाई यो अन्तरक्रियाले न्युनिकरण गर्न सहयोग गरेको छ ।

यो अन्तरक्रियाले चार तिर मुख भएका यूनियनहरुलाई एक ठाउँमा उभिन बाध्य पारेको छ, भने व्यवस्थापनमा भएका कमि कमजोरीहरुलाई सामुहिक समस्या मान्दै सामुहिकरुपमै समाधान खोज्ने प्रयासलाई थप बल पुगेको सरोकारवालाहरुले बताएका छन ।

अन्तरक्रियामा मेलम्चीको पानी आएपछि वितरणमा कुनै दुविधा नपाल्न सरोकारवालाहरुलाई आश्वस्थ पार्न खोजिएको थियो ।

अन्तरक्रियामा कर्मचारी यूनियनको तर्फबाट गोपालसिंह थामी, मेलम्ची सव आयोजना (पिआईडी)को तर्फबाट सिनियर इन्जिनिएर रविन्द पोख्रेल, काठमाडौं उपत्यका खानेपानी व्यवस्थापन वोर्डकाबाट वोर्ड सदस्य शम्भु कडेरिया, केयूकेएलका तर्फबाट विजय तिमल्सीना, डिपि चापागाई, सतिश कुमार दत्त र ज्ञानेद्रबहादुर कार्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्कीलाई पूर्ण बहादुर कुँवर र कृष्णहरि बुढाथोकिले पनि सहयोग गरेका थिए ।

प्रस्तुत कार्यपत्रमा पूर्व सचिव सुमन शर्मा, दिपेन्द बहादुर थापा, काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन वार्डका कार्यकारी निर्देशक संजिव विक्रम राण, सहसचिव सुनिल कुमार दास र केयूकेएलका सिईओ मिलनकुमार शाक्यले टिप्पणी गरेका थिए ।

ranechhap