वि.सं.२०८३ वैशाख १८ शुक्रवार

प्रचण्ड पनि निस्किए ओलीविरुद्ध नारा लगाउँदै सडकमा

khanepani

काठमाडौं । आम हड्ताल सफल बनाउन नेकपाका अध्यक्ष प्रचण्ड पनि सडकमा निस्केका छन् । बन्दकर्तासँगै प्रदर्शनमा केहीबेर सहभागी भएका प्रचण्डले आन्दोलन सशक्त बनाउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।

खुमलटारबाट सातदोबाटोमा प्रदर्शनकारीबीच केहीबेर बसेर उनी निस्केका थिए । सो मोर्चाको नेतृत्व देव गुरुङले गरेका छन् । आम हड्ताल सफल बनाउन र पसल ब्यवसाय बन्द गर्न नेता कार्यकर्ता हुलको निस्केको छ ।

प्रदर्शनकारीले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध आक्रामक नाराबाजी गरिरहेका छन् । प्रचण्ड पनि अ‍ोलीविरुद्ध नारा लगाउँदै केहीबेर प्रदर्शनकारीलाई उत्साह थपेर निस्केको ललितपुरका एक सहभागिले बताए ।

ranechhap