वि.सं.२०८३ वैशाख १७ बिहीवार

धरानको भानुचोकमा मजदुर र प्रदर्शनकारीबीच झडप, आमहड्तालको गरे मजदुरले प्रतिकार

khanepani

काठमाडौं । धरानको भानुचोकमा मजदुर र प्रदर्शनकारीबीच झडप भएको भएको समाचार छ । प्रदर्शनकारीले जबरजस्ती टेम्पो रोकेर टायर बाल्न खोजेपछि मजदुरहरुले प्रतिकार गर्दा झडप भएको हो ।

बन्दकर्ताले रोकिराखेको टेम्पोमा लाती हानेपछि विवाद शुरु भएको हो । प्रदर्शनकारी टायर बाल्न खोजेपछि मजदुरले प्रतिकार गरेका थिए ।

प्रहरीका अनुसार सामान्य झडपमा दुवै पक्षका केही घाइते भएका छन् । घाइतेको स्थिति सामान्य छ ।

प्रदर्शनकारीले मजदुरसँग नभइ प्रहरीसँग झडप भएको बताएको छ ।

संवैधानिक परिषद्को नियुक्तिमा असहमति जनाउँदै नेकपाको प्रचण्ड–माधव नेपाल पक्षले आज नेपाल बन्दको आह्वान गरेको हो ।

ranechhap