वि.सं.२०८३ वैशाख १९ शनिवार

संवैधानिक निकायमा सरकारले गरेको नियुक्ति ‘संविधानको ‘ठाडो उल्लघंन’ प्रतिवाद गरौः सभामुख

khanepani

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले संवैधानिक परिषद्ले गरेको सिफारिस अनुसार विभिन्न संवैधानिक निकायमा सरकारले गरेको नियुक्तिलाई ‘संविधानको ‘ठाडो उल्लघंन’ भन्दै प्रतिवाद गर्न सबैमा आग्रह गरेका छन।

आज अर्थात बुधबार साँझ बीबीसी नेपालीसँग कुरा गर्दै सभामुख सापकोटाले भने,– ‘मैले पत्र फिर्ता गर्ने कुरामा आफ्ना कुरा प्रष्टसँग राखिसकेको छु । म जनतालाई फेरि के भन्न चाहन्छु भने यो संविधान विपरित छ । यो संविधानको उल्लघंन छ । यसले संवैधानिक बिकासमाथि ठूलो अवरोध सिर्जना गरेको छ। र, यसको प्रतिवाद गनुपर्छ भनेर म सबैमा अपील गर्छु ।’

‘प्रतिवाद भनेको के हो ? यसको निरुपण कसरी गर्ने ? भन्ने प्रश्नको जवाफ दिँदै उनले यसमा कानुन आकर्षित हुने र कानुनी निरुपण गर्नुपर्ने बताए।

‘यसको निरुपण त यो सच्याउनुपर्छ,’ उनको भनाइ छ, ‘वास्तमा यो कानुनी निरुपणतिर जान्छ । कानुनी निरुपणतर्फ जानुपर्छ । मैले फेरि कानुनी कुरा गर्दै छु, संविधान र नियमका कुरा गर्दै छु । कानुन आकर्षति हुन्छ यो नियुक्तिमा ।’

आफूले सिफारिस फिर्ता गर्न पत्र पठाउँदा पठाउँदै पनि सरकारले विभिन्न संवैधानिक निकायका पदाधिकारीलाई सपथ खुवाएको भन्दै सापकोटाले यसलाई बिडम्बनापूर्ण र कानुनको ठाडो उल्लघंन हो।

‘बिडम्बनापूर्ण घटना हो, संवैधानिक हिसाबले, कानुनी हिसाबले,’ उनको तर्क छ, ‘सबै हिसाबले बेठीक छ र सबैभन्दा बढी संविधानकै ठाडो उल्लघंन भएको छ भन्ने मलाई लागेको छ। ’

संविधानको ठाडो उल्लघंन कसरी भयो भन्ने प्रश्नमा उनले पछिल्लो सिफारिस संसदीय सुनवाइका लागि प्रवेश नै नभएको तर्क गरे । उनले भने– ‘संविधानको धारा २९२ मा संसदीय सनुवाई गर्ने व्यस्था छ । र, त्यो संविधान अनुसार गरिएको छैन्। अहिले संसदीय सुनवाई समिति नभएका बेला संसदीय सुनुवाइमा प्रवेश समेत भएको छैन । प्रवेश नै नगरिकन नियुक्ति गरिएको छ, त्यसकारण यो संविधान विपरित छ ।’

विधि वेत्ताहरू र संविधान निर्मातासँगको व्यापक परामर्शपछि मात्रै आफू सिफारिस फिर्ता गर्ने निष्कर्षमा पुगेको बताउँदै सापकोटाले आफ्नो अरु कुनै मनसाय नभएको ताए।

‘फिर्ता पठाउनका लागि विधि वेत्ताहरू, संविधान निर्माताहरू, कानुनविद्, संविधानविद्हरूसँग व्यापाक परामर्श गरेँ,’ उनको भने, – ‘सबै परामर्शबाट म के निष्कर्षमा पुगेँ त भन्दाखेरी यो संविधान विपरित, कानुन विपरित भएको कुरालाई फिर्ता पठाउनुपर्छ भन्ने निष्कर्षमा पुगेर फिर्ता पठाएको हो । संविधन विपरित नै भएकाले पठाइएको होे । यसमा अरु कुनै मनसाय मेरो छैन् ।’

ranechhap