वि.सं.२०८३ वैशाख १८ शुक्रवार

नेकपामा ओलीको अस्तित्व संकटमा, प्रचण्ड माधवले आयोगलाई भने पहिलो अध्यक्ष होइन ओली

khanepani

काठमाडौं । प्रचण्ड-माधव नेपाल नेतृत्वको नेकपाले केपी शर्मा ओली पार्टीको प्रथम अध्यक्ष नरहेको दाबी गरेको छ । प्रचण्डसहितका नेताहरू मंगलबार निर्वाचन आयोग पुगेर ओली विगतमा पनि प्रथम अध्यक्ष नरहेको र अहिले पार्टीको साधारण सदस्यबाट समेत निस्कासन भएको बताएका छन ।

आयोगमा दलको आधिकारिकता दावी गरेपछि संचारकर्मीहरुसँग कुरा गर्दै नेता राजेन्द्र पाण्डेले आयोगले माघ १२ गतेको पत्रमा ओलीलाई पहिलो अध्यक्ष मानेको हुनाले त्यो भ्रम मेटाउने प्रयत्न आफूहरुले गरेको बताए ।

पाण्डेले भने, ‘निर्वाचन आयोगले केपी ओलीलाई प्रथम अध्यक्ष मानेको छ । उहाँहरुले केही प्रश्न उठाउनुभएको छ । त्यसलाई हामीले भ्रम निवारण गर्ने र केपी ओली प्रथम अध्यक्ष होइन भनेका छौं । विधानमा जसले अध्यक्षता गरेको छ, उही प्रथम हुने व्यवस्था गरेको कुरा बताएका छौं ।’

आयोगले माघ १२ गते नेकपाका दुवै अध्यक्षलाई पत्र लेखी पुस ५ गतेयता दुवै पक्षले गरेको निर्णय अवैध भन्दै केपी ओली पहिलो अध्यक्ष रहेको र अध्यक्षको परामर्शमा महासचिवले बोलाएको बैठकमात्रै वैधानिक हुने जनाउ दिएको थियो ।

ranechhap