वि.सं.२०८३ वैशाख २० आइतवार

राष्ट्रिय बिमा कम्पनी र विशाल बजारकाे रोकियो सेयर काराेबार

khanepani

काठमाडौं । सेयर मूल्य उच्च भएका दुई कम्पनीहरु राष्ट्रिय बिमा कम्पनी र विशाल बजार कम्पनी लिमिटेडको सेयर कारोबार नेपाल स्टक एक्सचेञ्जले रोक्का गरिदिएको छ ।

धितोपत्र ऐन अनुसार कामकारबाही नगरे पछि यी दुई कम्पनीहरुकाे सेयर कारोबार रोकिएको नेप्सेका प्रमुख कार्यकारी अधिृकत चन्द्रसिंह साउदले जानकारी दिए ।

सीईओ साउदका अनुसार यी दुई कम्पनीले लामो त्रैमासिक रुपमा बुझाउनु पर्ने वित्तीय विवरणसमेत बुझाउन सकेको छैन । लामो समय साधारणसभा गर्न नसकेका यी दुबै कम्पनीहरु नेपाल सरकारको लगानी रहेका कम्पनीहरु हुन् ।

यसमा पनि राष्ट्रिय बिमा कम्पनीले लामो समयदेखि धारण सभा समेत गराउन सकेको छैन । हरेक वर्ष साधारण सभा गरेर लेखापरीक्षण प्रतिवेदन पारित गराउनु पर्नेमा यो कम्पनीले विगत ८ वर्षदेखि साधारणसभा नै गरेको छैन ।

यद्यपि, यसको सेयर मूल्य आइतवारसम्ममात्रै १६ हजार ६ सय ७० रुपैयाँ रहेको छ । विशाल बजारको भने सेयर मूल्य २ हजार ८ सय ८० रुपैयाँ रहेको छ । राष्ट्रिय बिमा कम्पनीको सीईओ डिल्लीराज अर्याल हुन् ।

उनी अर्थमन्त्रालयमा कार्यरत कर्मचारी भए पनि तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाको पावर लगाएर कम्पनीको सीईओमा नियुक्त भएका थिए । राजनीतिक पहुँच दह्रो भएका उनले नियामक निकाय बिमा समितिको निर्देशन समेत अटेर गर्दै आएका छन् ।

लापरबाही अति नै भएका कारण बाध्य भएर सेयर कारोबार रोक्का गर्नु परेको नेप्सेका सीईओ साउदले बताए । ‘धितोपत्र ऐन नियम अनुसार उसले काम कारबाही गर्नु पर्यो, वित्तीय विवरण बुझाउनु पर्यो’ उनले भने, ‘यसको बोद्धार्थ धितोपत्र बोर्डलाई पनि दिएका छौँ, ऐन अनुसार काम नगरीकन फुकुवा गर्दैनौं ।’

धितोपत्र सूचीकरण नियमावलीको विनियम २०७५ को वियिम (२२) (१) (क) मा भएको व्यवस्था बमोजिम सूचीकृत संगठित संस्थाले प्रत्येक आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण तथा लेखापरिक्षण प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको ५ महिनाभित्र पेश गर्नुपछै भन्ने व्यवस्था रहेको छ ।

ranechhap