काठमाडौं । महानगरमा बन्न लागेको सिटी हल शिलान्यास समारोह भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले बहिस्कार गरेर प्रधानमन्त्रीलाई चुनौती दिइन । प्रधानमन्त्री केपी शर्मा ओलीले सिटी हल शिलान्यास गर्ने भएपछि मेयर दाहालले सो कार्यक्रम बहिस्कार गरेकी छन ।
शहरी विकास मन्त्रालयले बनाउने सिटी हल भरतपुर महानगरपालिकाको वाइपास रोड नजिक बन्दैछ । जिल्ला समन्वय समिति चितवनले उपलब्ध गराएको चार बिघा चार कठ्ठा जग्गामा सिटी हल बन्न लागेको हो ।
शनिवार एक समारोहबीच प्रधानमन्त्रीले सिटी हल उद्घाटन गर्दा संघीय सरकारका मन्त्रीहरु उपस्थित थिए । गृहमन्त्री रामवहादुर थापा, शहरी विकास विकास मन्त्री प्रभु साह र वागमतीका मुख्यमन्त्री डोरमणि पौडेल उद्घाटन समारोहमा देखिएका छन ।
सिटीहलमा अडिटोरियम ब्लकमा दुई हजार मान्छे अट्ने सुविधा सम्पन्न सभाहल हुनेछ । मेयर दाहालले महानगरपालिकासँग समन्वय नगरि शिलान्यास गरिएकाले आफू सहभागी नभएको बताएर आफ्नो बचाउ गरेकि छन । मेयर सहित प्रचण्ड माधव नेपाल पक्षले प्रधानमन्त्रीको उद्धाटन कार्यक्रमको विरोध गरेका थिए ।









































