15, May, 2024

भीम रावलले प्रधानमन्त्रीलाई ‘भगुवा’ को संज्ञा दिर्दै बालुवाटारको भने “केटो”

Bagmati Voice
संवाददाता
१७ माघ २०७७, शनिबार १५:१५ | ३ साल अगाडी

काठमाडौं । विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-माधव समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘बालुवाटारमा बस्ने केटो’ को संज्ञा दिएर ओलीको आलोचना गरेका छन । केही समयअघि प्रधानमन्त्री केपी ओलीले सुदुरपश्चिममा गएर भाषण गर्दै रावललाई ‘केटो’ भनेको विषयलाई लिएर उनले ओलीलाई जवाफ र्फाएका छन ।

प्रचण्ड माधव समूहको धनगढीमा आयोजित विरोध सभामा बोल्दै रावलले भने, ‘यो खुलामञ्चको आँगनमा र घरघरमा प्रत्यक्ष प्रशारण सुनिरहेका जनताको तर्फबाट भन्छु यो केटोले निरंकुशताको विरुद्धमा, केपी ओलीको काला कर्तुतविरुद्धमा हाम्रा दुई अध्यक्षको नेतृत्वमा जनतालाई जुरुक्क उचालेको छ, बालुवाटारमा बस्ने केपी ओली केटोले सुन्नुस् ।’

रावलले प्रधानमन्त्रीलाई ‘भगुवा’ को संज्ञा पनि दिए ।

‘उहाँ एक नम्बरको भगुवा हो,’ रावलले भने, ‘३ महिनाभित्र पार्टी एकीकरणको काम सम्पन्न गर्ने भनेपछि केपी ओलीले पार्टीको वैठक नै बोलाउन मान्नुभएन ।’ सुदुरपश्चिमबाट एकैपटक चार मन्त्री बनाएको प्रसंग निकाल्दै रावलले पार्टी फुटाउन ओलीले मन्त्री पदलाई अस्त्र बनाएको रावले बताए।

१७ माघ २०७७, शनिबार १५:१५ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading