वि.सं.२०८३ साउन ११ सोमवार

५२ हजार घुससहित राष्ट्रिय कितावखानाका कर्मचारी र क्यान्टिन सञ्चालक पक्राउ

khanepani

काठमाडौँ । राष्ट्रिय कितावखाना(शिक्षक), म्युजियम मार्ग छाउनीका हलुका सवारी चालक सुरेश नेपाल र क्यान्टिन सञ्चालक सुदर्शन न्यौपाने ५२ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अवकाश पश्चात् पेन्सन कागजात बनाउन आएका शिक्षकसँग उक्त रकम घुस लिइसकेको अवस्थामा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो ।

काम छिटो गरिदिने भन्दै शिक्षकसँग घुस मागेको सूचनाको आधारमा टङ्गालबाट खटिएको आयोगको टोलीले सवारी चालक सुरेश नेपालको क्वाटरमा राखेको अवस्थामा बिहीबार रकमसहित नियन्त्रणमा लिएको आयोगका सहायक प्रवक्ता वेदप्रसाद भण्डारी जानकारी दिए ।

दुबैजनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको उनले बताए ।

राष्ट्रिय कितावखाना(शिक्षक)का कर्मचारीहरूले पेन्सन बनाउन आउने शिक्षकहरूलाई अनावश्यक दुःख दिई रकम असुल्दै आएको शिक्षकहरूको गुनासो पछि आयोगले विशेष निगरानी राखेको थियो ।

ranechhap