15, May, 2024

बाइडेनको सपथका लागि सजाइयो क्यापिटल भवन

Bagmati Voice
संवाददाता
६ माघ २०७७, मंगलवार १६:२६ | ३ साल अगाडी

एजेन्सी । जनवरी २० जो बाइडेनले संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको सपथ लिँदै छन्। उनको तयारीका लागि वासिङट्नको क्यापिटल भवन सजाइएको छ। भवन वरिपरि अमेरिकी झन्डा फहराइएको छ भने सपथको रिहर्सल पनि गरिएको छ।

बाइडेनसँगै उपराष्ट्रपति निर्वाचित कमला ह्यारिसले पनि सोही दिन सपथ लिन लागेकी छन्। ह्यारिस अमेरिकाको उपराष्ट्रपति हुने महिलो महिला हुन्।

बाइडेनको सपथ ग्रहण समारोहमा राष्ट्रपति डोनाल्ड ट्रम्प भने सहभागी नहुने भएका छन्। राष्ट्रपति ट्रम्पले बिहीबार बिहानै ह्वाइट हाउन छोड्ने तयारी गरेका छन्।

गत जनवरी ६ मा ट्रम्पका समर्थकले क्यापिटल भवनमा हिंसा भड्काएका थिए।

६ माघ २०७७, मंगलवार १६:२६ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading