काठमाडौं । काठमाडौं उपत्यका खानेपानी लिमिटेड(केयूकेएल) महाराजगञ्ज शाखाको अनियमितताले संस्था टाटपल्टिने अवस्थामा पुगेको छ ।
यस शाखाका शाखा प्रमुख पूर्व नेपाली सेनाका भगौडा रमेश केसीको दम्भको बन्दक बनेको छ । उनी बन्दुके शैलीमा शाखा संचालन गर्न खोज्ने र तानाशाह प्रबृतिको कार्यशैलिका कारण यस शाखाका सेवाग्राहिले समेत शास्ती भोग्दै आएका छन ।
उनले शाखामा सेवा लिन आउनेहरुलाई धाक धम्की दिने र कोठाबाट समेत वहिर निकालि दिने गरेका उजूरी प्रधामन्त्री कार्यालयमा समेत चाङ लागेको प्रधामन्त्री कार्यालय स्रोतले बताएको छ ।
गणन्त्रमा पनि एउटा कार्यायल प्रमुखले पूर्व सेनाको सिपाहिको पूर्ति र रवाफ झिकेर सेवाग्राहिलाई धाक धम्की दिन मिल्छ कि मिल्दैन ? प्रश्न चिन्ह् खडा गरिदिएको छ ।
त्यति मात्र हैन उनले कार्यालयका कर्मचारीहरुलाई पनि तल्लो स्तरको व्यवहार गरेर हैरान बनाउने र कार्यालयमा समेत अपशब्द प्रयोग गर्ने गरेका कारण कर्मचारीहरु समेत दिक्दार भएको सूचना प्राप्त भएको छ ।
सैनिक शैलिमा कर्मचारीहरु र सेवाग्राहिहरुलाई आमा चकारी गालि गौज गर्ने कार्मचारीहरुलाई सोहि अनुरुपको कारवाहि हुनु नितान्त आवश्यक भइसकेको कर्मचारीहरु र सेवाग्राहिहरुको अुनुरोध समेत सिईओ समक्ष गरेका छन ।
चक्रपथको पाइप लाइनको काममा केसीले व्यापक अनियमितता गरेको कारण उनको विषयमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगमा उजूरी परेका छ । सो उजूरी मिलाउन उनले अख्तियारका कर्मचारीहरुलाई मोटो रकम खर्च गरेर, उक्त उजुरी तामेलीमा हालेकोमा पुनः उक्त मुद्धाको अनुसन्धान हुन लागेको अख्तियार स्रोतले बताएको छ ।
यसरी उजुरीको अनुसन्धान नै नगरि द्रब्य मोहमा फसेका कार्मचारीलाई कारबाहि गर्दै अख्तियार उक्त उजुरीको अनुसन्धान गर्दै गरेको थाहा भएको छ ।
केसी समुहले बालाजुदेखि चक्रपथ नारायण गोपाल चोक र नारायण गोपाल चोक देखि बुढानिलकण्डसम्मको पाइप लाइनमा सडक वारी र पारि गरेर चार प्याकेज गरेर कोटेशनमा काम गरेका थिए । यसरी खरिद ऐन र नियम अनुसार काम गर्न नमिल्ने खरिद अनुगमन कार्यालयका अधिकारीले बताएका छन ।
उनले तत्काललाई पैसाको बलमा यो मुद्धालाई नचल्ने बनाएपनि केसीको काम गर्ने शैलिले उनी कुनै पनि समयमा जागिरबाट रिक्तोहात घर जानुपर्ने अवस्था नआउन भन्न सकिने अवस्था छैन ।
केयूकेएलमा बसेर लामो समय आन्तरीक अडिट गरेका विजय तिम्लसिनाले पनि केसीको कामको छानविन भएमा कुनै पनि समय जेल जानसक्ने बताउदै हिड्ने गरेका छन ।
उनी नेपाल आर्मिको जागिरबाट हात धोएर खानेपानी संस्थानको जागिरमा प्रबेस गरेका कर्मचारी हुन । उनी संस्थानको चितवन शाखामा बसेर व्यापक अनियमित काम गरेर अकुत धन आर्जन गरेका प्राविधिक कर्मचारी हुन ।
संस्थान छोडेपछि तिन वर्षभन्दा बढी ठिमि शाखामा बसेर कार्यालय प्रमुख भएका केसीले त्यहाँ गर्नु नगर्नु काम गरेका छन । उनका समयमा गरेका अनियमित कामको फरफराक अझैसम्म हुन सकेको छैन । उनले गरेका नक्कली वीलको झेल अझै टुंगो लाग्न नसकेको समाचार स्रोतले दावी गरेको छ । उनले ठिमि शाखामा रहदा देखि उपभोक्तासँग पैसा लिएर धारा जोड्ने र होल परिवर्तन गर्ने नाटक गरेपनि उपभोक्ताको पैसा गोजीमा राखेर केयूकेएलको बजेटबाट काम गर्ने र कामको पनि ५० प्रतिशत आफ्नै गोजीमा राख्ने गरेका थिए । सो काम हालसम्म पनि निरन्तर दिइरहेको समाचार स्रोतले दावी गरेको छ । ठिमि शाखामा हुदाँ अनियमित कामको पैसा असुल भएपछि अनामनगरको चितवन भेटघाटमा भोज दिने गरेका थिए ।







































