काठमाडौं । प्रतिनिधि सभा विघटन मुद्दाबारे सर्वोच्च अदालतमा सोमबार पुनः सुनुवाइ हुने भएको छ।
आइतबारको सुनुवाइ सकिएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त कदमविरूद्ध सर्वोच्चमा मुद्दा विचाराधीन छ। उक्त मुद्दाबारे आजदेखि निरन्तर सुनुवाइ सुरू भएको थियो।
आज बहस गर्दै विघटनविरूद्ध उभिएका बरिष्ठ अधिवक्ता भीमार्जुन आचार्यले संविधानले दुई अवस्थामा मात्र प्रतिनिधि सभा विघटन हुन सक्ने बताए।
पहिलो प्रतिनिधि सभाको कार्यकाल पाँच वर्ष पूरा भएको अवस्थामा। दोश्रो, संविधान अनुसार सरकार गठन हुन सक्ने अवस्था नभएको अवस्थामा।
भीमार्जुनले प्रधानमन्त्रीले संसद विघटन गर्ने विषयमा संविधानले ुवु समेत उच्चारण नगरेको तर्क गरेका थिए।







































