05, May, 2024

२२४ जिल्ला न्यायाधीशको सरुवा

Bagmati Voice
संवाददाता
१० श्रावण २०७९, मंगलवार १८:२१ | १ साल अगाडी

काठमाडौं । न्यायपरिषदले २२४ जना जिल्ला न्यायाधीशको सरुवा गरेको छ ।

मंगलबारको परिषदको बैठकले जिल्ला अदालतका २१ जना न्यायाधीशका लागि ६३ जनाको सूची पनि सार्वजनिक गरेको छ । अब सर्वसाधारणले उनीहरुका विषयमा कुनै गुनासो वा उजुरी दिन पाउनेछन् ।

न्यायाधीश नियुक्तिसम्बन्धी मापदण्डमा न्यायाधीशका लागि सूचि सार्वजनिक गर्नुपर्ने र उजुरी वा गुनासो भए लिनुपर्ने व्यवस्था छ ।

त्यसैगरी उच्च अदालतमा रिक्त २७ जना न्यायाधीश नियुक्तिका लागि सूचना प्रकाशित गर्ने निर्णय पनि भएको न्यायपरिषदका प्रवक्ता मानबहादुर कार्कीले जानकारी दिए ।

१० श्रावण २०७९, मंगलवार १८:२१ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading