वि.सं.२०८१ माघ २६ शनिवार

ओलीको के सन्देश बोकेर सुवास नेम्वाङ पुगे देउवा निवास

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष प्रचण्डसँग वार्ता गरिरहेका बेला नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङ कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न बुढानीलकण्ठ पुगेका छन् । प्रधानमन्त्रीको सन्देश बोकेर नेम्वाङले आइतवार बिहान देउवालाई भेटेका हुन् ।

देउवासँग प्रधानमन्त्रीले दुई दिनअघि छलफल गरेका थिए । नेम्वाङले भने संवैधानिक परिषद बैठक र एमसीसी लगायतका विषयमा विपक्षीय दलको नेतासँग सत्तापक्षको उपनेताले भेट गरेको प्रतिक्रिया दिए ।

संवैधानिक परिषदको बैठक बस्न नसकेका कारण अख्तियार,निर्वाचन आयोगलगायत अन्य संवैधानिक आयोगहरुमा नियुक्ति हुन सकेको छैन । यसैबारेमा देउवासँग कुरा भएको उनले बताए ।

Untitled