वि.सं.२०८३ वैशाख ६ आइतवार

कक्षा १२ का विद्यार्थीको छुट परीक्षा पुस १६ देखि हुने

khanepani

काठमाडौं । कोरोनाका कारण यसअघि परीक्षामा सहभागी हुन नपाएका कक्षा १२ का विद्यार्थीले अब परीक्षा दिन पाउने भएका छन्।

उक्त परीक्षा पुस १६ गतेदेखि सुरू हुने राष्ट्रिय परीक्षा बोर्डले आज सूचना निकालेर जानकारी दिएको छ।

गत मंसिर ९ गतेदेखि १६ गतेसम्म कक्षा १२ को परीक्षा भएको थियो।

कोरोना लागेका कारण कतिपय विद्यार्थी परीक्षामा सहभागी हुन पाएका थिएनन्। कतिपयले पूरै विषय त कसैले कुनै कुनै विषय मात्रै परीक्षा दिएका थिए।

यसअघि परीक्षामा छुटेका विषयहरूको परीक्षा पुस १६ गतेदेखि सुचारू हुने बोर्डले जनाएको छ।

परीक्षा छुटेको जानकारी बोर्डमा दिएका विद्यार्थी परीक्षामा सहभागी हुन हुने बोर्डको भनाइ छ। परीक्षाको समयतालिका बोर्डको वेवसाइटमा राखिएको छ।

यो परीक्षा विद्यार्थी पढेकै विद्यालयबाट दिन सक्नेछन्।

हेर्नुस् सूचना

ranechhap