वि.सं.२०८३ वैशाख ६ आइतवार

रंगभेदी व्यवहारका कारण पीएसजी र इस्तानबुलको खेल अवरुद्ध

khanepani

फोर्थ अफिसियलले अवे टिमका अफिसियलमाथि रंगभेदी टिप्पणी गरेपछि च्याम्पियन्स लिग अन्तर्गत पेरिस सेन्ट जर्मेइन पीएसजी र इस्तानबुल बेसाकसेहिरबीचको खेल स्थगित गरिएको छ ।

खेल सुरु भएको १४ मिनेटमा फोर्थ अफिसियल सेबास्टियन कोल्टेस्कुले उनीहरुका सहायक प्रशिक्षक पिएरे वेबोमाथि रंगभेद झल्कने टिप्पणी गरेको आरोप इस्तानबुलको छ।

रोमानियाका सेबास्टियनमाथि सवालजवाफमा उत्रिएपछि रेफ्रीले वेबोलाई रातो कार्डसमेत देखाएका थिए ।

खेल सन्चालनमै रहँदा अफिसियल बिरोधमा उत्रिएपछि इस्तानबुलका खेलाडीले मैदान छाडेर बाहिरिएका थिए। सँगै पीएसजीका खेलाडी पनि बिरोधस्वरुप मैदान छोडेपछि खेल रोकियो। उनीहरु लामो समय टचलाइनमै उभिए पनि केही समयपछि ड्रेसिङ रुममा गएका थिए।

यसैबिच युइएफएले घटनाको निश्पक्ष छानविन गर्ने आश्वासन दिएको छ। फोर्थ अफिसियलमाथि नै रंगभेदको आरोप लागेपछि खेल अस्थायी रुपमा स्थगित गरिएको भन्दै युइएफएले दुवै टिमको सल्लाहमा केहि समयपछि खेल सुरु गरिने बताएको छ।

ranechhap