वि.सं.२०८३ वैशाख ६ आइतवार

कार्यकालको पहिलो सय दिनमा १० करोड नागरिकलाई खोप लगाउने बाइडेनको घोषणा

khanepani

एजेन्सी । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको पहिलो १०० दिनमा १० करोड नागरिकलाई कोरोना खोप लगाउने बताएका छन्।

मंगलबार डेलावरमा आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्रीको नाम सार्वजनिक गर्दै उनले आफ्नो कार्यकालको १०० दिन भित्रै कोभिड–१९ अन्त्य नभए पनि महामारीको कोर्स परिवर्तन गर्न सकिने दाबी गरे।

बाइडनले अमेरिकीलाई १०० दिनसम्म मास्क लगाउन आग्रहसमेत गरेका थिए।

मङ्गलवार नै अमेरिकी नियामकले फाइजर बायोएनटेकको खोप ९५ प्रतिसतसम्म प्रभावकारी रहेको पुष्टि गरेको छ।

त्यसले अब उक्त खोप आपत्कालिन प्रयोगका लागि स्वीकृति दिन सकिने बाटो खोलेको छ।

बालबालिकालाई पुनः विद्यालय फर्काउनु पनि आफ्नो प्राथमिकतामा रहेको भन्दै उनले अमेरिकामा ठूलो खोप अभियान कसरी सञ्चालन हुन्छ भन्नेबारेमा विस्तृत जानकारी दिएनन्।

यद्यपी बेलायतमा गतसाता स्वीकृति दिएर धेरै जनामा लगाउन सुरु गरिसकिएको छ।

बाइडेनले स्वास्थ्यमन्त्रीको रुपमा क्यालिफोर्नियाका महान्यायाधिवक्ता जेभियर बेकेरा तथा रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सिडिसी) को प्रमुखमा रोचेल वालेन्स्कीलाई चयन गरेका छन्।

ranechhap