सुर्खेत । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर नगरपालिकामा नेकपा एमाले विजयी भएको छ । सत्ता गठबन्धनलाई पराजित गर्दै मोहनमाया ढकाल मेयर र नीलकण्ठ खनाल उपमेयरमा निर्वाचित भएका छन् ।
एमालेको प्रभावक्षेत्र रहेको विरेन्द्रनगरमा अघिल्लोपटक मेयरमा कांग्रेस जित्दा उपमेयर मोहनमाया जितेकी थिइन् । यसपटक एमालेले उनैलाई मेयरका लागि अघि बढाएको थियो ।
मतगणना सम्पन्न भएर औपचारिक रुपमा विजय घोषणा गर्न भने बाँकी रहेको छ । तर एमालेले विजय जुलुस निकालिसकेको छ ।








































