29, Apr, 2024

युगान्डाविरूद्ध टस जितेर पहिला ब्याटिङ गर्दै नेपाल

Bagmati Voice
संवाददाता
५ जेष्ठ २०७९, बिहीबार १३:१२ | १ साल अगाडी

काठमाडौं । टि- २० अन्तर्राष्टिय श्रृंखलाको तेस्रो खेलमा नेपालले युगान्डाविरूद्ध टस जितेर पहिला ब्याटिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदानमा हुने खेलमा नेपालले टीममा दुई परिवर्तन गरेको छ ।

अप्सरी वेगम र कविता जोशीलाई प्रतिस्थापन गर्दै ज्योति पाण्डे र रोमा थापालाई टिममा समावेश गरिएको छ । सिरिज जित्ने आशा कायम राख्न नेपाललाई आजको खेल जित्नै पर्ने दवाव रहेको छ ।

युगान्डाविरूद्धको पहिलो टी९२० अन्तर्राष्ट्रिय खेलमा नेपालले १२ रनले हारेको थियो । भने, दोस्रो खेल एक विकेटले हारेको थियो ।

नेपालको प्लेइङ ११:
रुविना क्षेत्री (कप्तान), काजोल श्रेष्ठ , सीता राना मगर इन्दु बर्मा, ज्योती पाण्डे ,कविता कुँवर, सरिता मगर , रोमा थापा, विन्दु रावल, सबनम राई र डली भट्ट

५ जेष्ठ २०७९, बिहीबार १३:१२ मा प्रकाशित

Discover more from Bagmati Voice

Subscribe now to keep reading and get access to the full archive.

Continue reading