काठमाडौं । चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ५.८ प्रतिशत पुग्ने प्रक्षेपण गरिएको छ । केन्द्रीय तथ्यांक विभागले सरकारलाई राहत मिल्ने गरी उक्त प्रक्षेपण सार्वजनिक गरेको हो ।
विभागका निर्देशक ईश्वरीप्रसाद भण्डारीले आर्थिक वर्ष २०७८/७९ को वार्षिक राष्ट्रिय लेखा अनुमान सार्वजनिकीकरण कार्यक्रममा आर्थिक वृद्धिदरको आँकलन सुनाएका थिए ।









































